> राजनीति > कांग्रेस नेता लम्सालको निधन


कांग्रेस नेता लम्सालको निधन

प्यूठान । नेपाली कांग्रेस प्यूठानका युवा नेता बद्री लम्सालको निधन भएको छ । प्यानकृयाटाईटिसकाे उपचारको क्रममा आज दिउँसो शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।

 

३८ वर्षीय लम्साल नेपाली कांग्रेस प्यूठानका महासमिति सदस्य, पूर्व उपसभापति, क्षेत्र नम्वर १ का पूर्व सभापति, नेपाल तरुण दलका पूर्व जिल्ला अध्यक्षको रुपमा काम गर्नुभएको थियो ।

 

लम्सालको निधनप्रति नेपाली कांग्रेस प्यूठानले शोक विज्ञप्ती जारी गर्दै पार्टीले यसअघि तय गरेको कार्यक्रम चैत ३ गतेसम्मका लागि स्थगित गरेको जनाएको छ ।

 

प्यूठान नगरपालिका वडा नं. १ नेवजा निवासी लम्सालको परिवारमा आमा, श्रीमती, एक छोरा र एक छोरी छन्् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *