> राष्ट्रिय > एच वन नेपालले कोरियन ब्राण्ड कुकोको सामाग्री बजारमा ल्याउदै


एच वन नेपालले कोरियन ब्राण्ड कुकोको सामाग्री बजारमा ल्याउदै

प्यूठान । कोरियन ब्राण्ड कुकोको सामाग्री नेपाली बजारमा भित्र्याउन लागिएको छ । एच वन नेपालले होम एप्लाईन्सेस र किचन एप्लाईन्सेसका सामाग्री बजारमा ल्याउने तयारी गरेको हो ।

 

देशव्यापी प्रचारमा रहेको एच वन नेपालले आज प्यूठान जुम्रीमा पत्रकार सम्मेलन गरेर उक्त ब्राण्ड विश्वभरमा लोकप्रिय रहेको बताएको छ । कोरियन ब्राण्ड भएकाले शुल्क केहि महंगो भएपनि गुणस्तरीय र टिकाउ हुने एचवन नेपालका अध्यक्ष जनक भुसालले दावी गर्नुभयो । उहाँले जिल्ला जिल्लामा डिलरको लागि समेत आह्वान गरिएको जानकारी गराउनुभयो ।

 

कम्पनीका जनरल म्यानेजर कोमल प्रसाद खनालका अनुसार मुख्य गरि कम्पनीले वाटर प्युरिफाई, मल्टी कुकर सहितका किचन आईटम र अरु सामाग्री वितरण गर्ने योजना रहेको बताउनुभयो ।

 

एच वन नेपालले जुम्री सहित देशका ३० स्थानमा थर्मल थेरापी सञ्चालन गरिरहेको छ । त्यसैगरि दैलोमा डटकमबाट अनलाईन व्यापार समेत गर्ने गरेको कम्पनीले जनाएको छ ।

 

थर्मल थेरापीबाट दैनिक ८ हजार जनाले सेवा लिने गरेको बताउँदै कम्पनीले उक्त सेवा प्रभावकारी देखिएको समेत जनाएको छ । प्यूठानमा हालसम्म करिव ५ सय जनाले सेवा लिएको अध्यक्ष भुसालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *