प्यूठान । सरुमारानी गाउँपालिका वडा नं. ६ स्थित बुढिचौरमा गठबन्धन दलका कार्यकर्ता र एमालेका कार्यकर्ताबीच झडप भएको छ ।
चुनाव प्रचार प्रसारका क्रममा दुई पक्षबीच झडप भएको स्थानीयले बताएका छन् ।
झडपमा केहि कार्यकर्ता घाईते भएका छन् । घाईतेको सामान्य उपचार गरिदैछ । श्रमरानी मावि नजिकै घटना भएको स्थानीयले बताएका छन् । घटनाकाे विस्तृत विवरण आएकाे छैन ।