पि.आर मगर
आउन त हरेक बर्ष आउछ
-कहाँ हुँदै आउँछ
अधिकांश भारत हुदै आउँछ
सपनाको सहर
राजधानी काठमाडौं हुँदै आउँछ
खहरेको भेल
खोला नाला डाँडाकाँडा
कालीगण्डकी सेती
महाकाली नदी हुँदै आउछ
रात दिन नभनि आउँछ
भोग निद्रा नभनि आउँछ
खुसिले आउँछ उमंगले आउँछ
यात्री सहयात्री सँग रमाउदै आउछ
कोहि रहरले आउँछ
कोहि बाध्यताले आउँछ
कोहि हप्ता पछि आउँछ
कोहि महिना पछि आउँछ
कोहि बर्षौ बर्ष पछि आउँछ
कोहि मन नभएको जिउदो लास
एक कफन तन बोकेर आउँछ
कोहि जिउदै आफ्नो पन नभएको
रङ्गहिन जिवन बोकेर आउँछ
दशैँ आउन त हरेक वर्ष आउँछ
कहाँ हुँदै आउछ
सपनाको सहर पर्देश
राजधानी हुदै गाउँ आउँछ
बर्ष मा एक पल आउछ
रित्तिएको भाँडोमा जल भर्न आउँछ
त्यहिँ जल बा’आमा ले अमृत लाग्छ
– मलाई विष लाग्छ
सरकार
आउन त दशैँ हरेक वर्ष आउँछ
सधैं मात्र किन प्रदेश हुदैँ आउँछ।
