शरद बिष्ट
चाइना बाट नेपाल सम्मआउने भन्थे रेल
नेता नेताहरुको भएनकहिल्यै पनि मेल ।
गणतन्त्र आयो भन्छन खै यहाँआको छैन
उस्तै छ हजुर गरिब माथि सामन्तिका खेल ।
हत्याहिंशा हुन्छ यहाँ, अनि चल्छ घुसपेस
धनले हत्यारा बच्ने गर्छ निर्दाेषीलाई जेल ।
बेरोजगारी बढ्दा अनिमहङ्गीले सिमा नाघ्दा
नेताहरु बस्छन खालीकानमाहाली तेल ।
गरिब जन्ता र देशलाई सुख्ख दिन्छु भन्नेहरु
कसैले निबुझेनन् यहाँ राजनितिको खेल ।।
स्वर्गद्धारी नगरपालिका–३, प्यूठान






