प्यूठान । मल्लरानी फुड फेस्टिवल २०८२ को आय ब्यय सार्बजनिक गरिएको छ । शनिवार प्यूठान उद्योग बाणिज्य संघको सभाहलमा एक कार्यक्रमका बिच सार्बजनिक गरिएको हो ।
प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्रका कोषाध्यक्ष लक्ष्मण श्रेष्ठले कुल ९ लाख ४७ हजार १८७ को आय ब्यय प्रस्तुत गर्नुभयो । विभिन्न सरकारी तथा गैरसरकारी संस्था, कम्पनी, समुह, सहकारी र ब्यत्तित्वहरुको सहयोगमा महोत्सव सम्पन्न गरिएको उहाँले बताउनुभयो । केही रकम उठ्न बाँकी रहेको जानकारी दिदै उहाँले महोत्सवको कुल खर्च कटाएर १ लाख ९७ हजार ८६८ रुपैयाँ बचर रहने उल्लेख गर्नुभयो ।
महोत्वब सम्पन्न गर्न सहयोग गर्नुहुने सबै निकायलाई धन्यवाद दिदै बजार क्षेत्रका अध्यक्ष भरत कुमार श्रेष्ठले बिगतका महोत्सवहरुले जस्तै यस वर्षको मेलाले मल्लरानीको पर्यटन प्रवर्द्धनका लागि महत्वपुर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो ।
मेलाकै अवसर पारेर मल्लरानी गाउँपालिकाको सहयोगमा खलंगा-चुजाँठाँटी सडकबाट मल्लरानी डाँडा जाने चोकमा (प्राथमिक स्वास्थ्य केन्द्र मुनि) प्रबेशद्वार निर्माण गरिएको छ ।
अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको सार्बजनिक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काको प्रमुख आतिथ्यता, प्यूठान उद्योग बाणिज्य संघमा निवर्तमान अध्यक्ष पशुपति नारायण नकर्मी, संघका कोषाध्यक्ष कुमार श्रेष्ठ लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
