> राष्ट्रिय > प्यूठानमा कोरोना उकालो लाग्दै, सावधानी अपनाउन आग्रह


प्यूठानमा कोरोना उकालो लाग्दै, सावधानी अपनाउन आग्रह

प्यूठान । जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएको छ । स्वास्थ्य कार्यालय प्यूठानको तथ्यांक अनुसार दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको हो ।

 

साउन ८ गते ११ जना संक्रमित भएकोमा आजसम्म ३४ जना संक्रमित पुगिसकेका छन् । कोरोनाको जोखिमबाट बच्नका लागि स्वास्थ्यकर्मीले स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेका छन् । मास्कको प्रयोग, सावुनपानी वा स्यानिटाईजरले हात धुन स्वास्थ्यकर्मीको आग्रह छ । कोरोनाको संक्रमण बढेको भन्दै नआत्तिन समेत स्वास्थ्यकर्मीको आग्रह छ ।

जिल्ला प्रशासन कार्यालय प्यूठानले समेत सूचना जारी गरी स्वास्थ्य मापदण्ड पालना गर्न जिल्लावासीलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *