> खेलकुद > युरो कपः डेनमार्क र अष्ट्रिया अन्तिम १६ मा


युरो कपः डेनमार्क र अष्ट्रिया अन्तिम १६ मा

प्यूठान, ८ असार । युरो कप २०२० मा अष्ट्रिया, नेदरल्याण्ड्स, बेल्जियम र डेनमार्कले जित निकालेका छन् ।

 

अष्ट्रियाले २० मिनेटमा बाउमगरेटरको गालले युक्रेनलाई १–० ले हराएको छ । नेदरल्याण्ड्सले नर्थ मेसोडोनियालाई ३–० ले हराएको छ । नेदरल्याण्ड्सको जितमा २४ मिनेटमा डिपे, ५१ र ५८ मिनेटमा विजाल्डमले गोल गरेका हुन् ।

वेल्जियमले फिलन्याण्डलाई २–० ले हराएको छ । ७४ मिनेटमा हर्डेकीले आत्मघाती गोल गरेपछि बेल्जियमले अग्रता लिएको थियो । ८१ मिनेटमा लुकाकुले गोल थप्दै जित सुनिश्चित गरेको हो ।

त्यस्तै डेनमार्कले ४–१ को जित निकालेको छ । ३८ मिनेटमा डमासगार्ड, ५९ मिनेटमा पुलसेन, ७९ मिनेटमा क्रिसटेनसेन र ८२ मिनेटमा महेलले गोल गरेका थिए । रसियाले ७० मिनेटमा डेजुवाको गोलबाट १ गोल फर्काएको थियो ।

 

अन्तिम १६ मा डेनमार्कले वेल्स र अष्ट्रियाले इटलीसँग खेल्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *