> खेलकुद > बाहाने ‘ए’ क्लबलाई मदन भण्डारी मेमोरियल कप क्रिकेट उपाधि


बाहाने ‘ए’ क्लबलाई मदन भण्डारी मेमोरियल कप क्रिकेट उपाधि

प्यूठान, १३ असोज । प्यूठानमा भएको जिल्ला स्तरिय मदन भण्डारी मेमोरियल कप टि२० क्रिकेट प्रतियोगिताको उपाधी बाहाने क्रिकेट ‘ए’ क्लबले जितेको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी नौवहिनि गाउँपालिका ४ कमिटिको आयोजना तथा नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) प्यूठान शाखाको सहकार्यमा भएको प्रतियोगिता फाइनलमा बाहाने ‘ए’ ले आयोजकलाई दुई विकेटले पराजित गर्दै उपाधि हात पारेको हो । विजेता बाहाने ले १५ हजार र उप विजेता आयोजकले ६ हजार नगद सहित प्रमाणपत्र पाएका थिए ।

मंगलबार झिमरुक गाउँपालिका ८ दिहाल्नाको प्रस्तावित लालिगुरास रंगशालामा सम्पन्न फाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको आयोजकले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३ रन बनाएको थियो । आयोजकका उमेश घर्तीले ४८ बलमा ४५ रनको योगदान दिए । बाहाने ए का गौरव रायमाझी र भुगार्व केसीले समान ४ ओभरमा २/२ विकेट लिए । जितका लागि १ सय ४ रनको सामान्य विजयी लक्ष्य पछ्याएको बाहाने ुएु ले १४ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्दै उपाधि पक्का गरेको थियो । बाहाने ‘ए’लाई उपाधि जिताउन अलराउन्डर भुगर्वले १९ बलमा आक्रामक ४३ रनको योगदान दिएका थिए । शनिवारदेखि सुरु भएको प्रतियोगितामा कुल १२ टोलीको सहभागिता थियो । प्रतियोगिता नकआउटको रुपमा भएको थियो ।

जिल्लामा क्रिकेटको क्रेज एकदमै बढी छ तर स्थानिय तहले क्रिकेट क्षेत्रमा आवश्यक लगानी र चासो नगर्नाले प्यूठानमा क्रिकेट पछि परेको एनसिएसएस प्यूठानका सदस्य शिवराज भुषाले जानकारी दिनुभयो । क्रिकेट फ्यान क्रेज अनुसारको चासो सम्बन्धित निकायले दिन सके प्यूठान क्रीकेटले छिट्टै फड्को मार्ने समेत उहाँले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *