प्युठान । मल्लरानी गाउँपालिका-१ सोलहाल्नामा वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
वडा कार्यालयको आयोजनामा भएको प्रतियोगितामा प्रथम ठुलाचौर बी टिम भएको छ । दोस्रो थाम र तेस्रो चदुले भएको छ ।
बिजयी टिमले प्रथम पुरस्कर २१ हजार, दोस्रो पुरस्कार १६ हजार र तेस्रो पुरस्कार ११ हजार रुपियाँ सहित मेडल प्रमाणपत्र प्राप्त गरेका छन ।
प्रतियोगितामा १३ टिम सहभागी भएको वडा सदस्य कमल पौडेल ले जानकारी दिनुभयो । ३ वर्षदेखी वडाको आयोजनामा प्रतियोगिता गर्दै आएको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष चिन्त राहु मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष रमेशकुमार श्रेष्ठ रहनुभएको थियो । प्रतियोगिता २ दिन चलेको थियो ।
