प्यूठान, ५ असार । जारी युराे कप २०२० मा फ्रान्स हंगेरीसँग बराबरीमा राेकिएकाे छ 
प्रतिष्पर्धात्मक खेलमा पहिलाे हाफकाे ४५+२ मिनेटमा हंगेरीले फिअाेलाकाे गाेलमा अग्रता लिएकाे थियाे । दाेस्राे हाफकाे ६५ अाैं मिनेटमा ग्रिजम्यानकाे गाेलबाट फ्रान्स बराबरीमा पुग्याे । धरै राम्रा गाेल गर्ने अवसरबाट चुकेकाे फ्रान्स खेलकाे अन्त्यसम्म दुबै टिमबाट गाेल हुन नसकेपछि खेल बराबरीमा सकियाे । 
जमर्नीकाे उपहार गाेलबाट जित निकालेकाे फ्रान्सले दाेस्राे खेलमा अंक बाँड्न पुगेको छ । हंगेरी पाेर्चुगलसँग पराजित भएकाे थियाे ।
समान २ खेलबाट फ्रान्सकाे ४ अंक र हंगेरीकाे १ अंक छ । समूह एफ अन्तर्गत पाेर्चुगलकाे ३ अंक र जर्मनी गाेल अंक विहिन छ ।
