> खेलकुद > पालिका स्तरीय भलिवल प्रतियोगिता सम्पन्न


पालिका स्तरीय भलिवल प्रतियोगिता सम्पन्न

प्यूठान, ३ चैत्र । प्यूठानको खलंगामा जारी मल्लरानी गाउँपालिका  स्तरीय भलिवल प्रतियोगिता आज मंगलवार सम्पन्न भएको छ । आज भएको फाईनल खेलमा मल्लरानी गाउँपालिका वडा नं. ४ न..को समुहलाई पछि पार्दै जिल्ला प्रहरी कार्यालय प्यूठानको समुहले जीत हात पारेको छ ।

प्रतियोगितामा प्रथम जिल्ला प्रहरी कार्यालय, दोश्रो मल्लरानी गाउँपालिका वडा नं. ४ र तेश्रो मल्लरानी गाउँपालिका वडा नं. २ को समुह भएका छन् । मेडल प्रमाण पत्र सहित प्रथमलाई नगद २० हजार रुपैंया, दोश्रोलाई १५ हजार रुपैंया र तेश्रोलाई १० हजार रुपैंया नगद पुरस्कार प्रदान गरिएको छ ।

 

आज एक कार्यक्रमका वीच विजयी टिमलाई पुरस्कार प्रदान गरिएको छ । पुरस्कार वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, प्रहरी नायव उपरिक्ष सुनिल मल्ल, वडा अध्यक्ष कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । मल्लरानी गाउँपालिका वडा नं. ४ वडा कार्यालयको आयोजनामा भएको प्रतियोगितामा ८ समुहले भाग लिएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *