प्यूठान । जिल्ला स्तरीय १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहिबार देखी सुरु भएको छ । प्युठान नगरपालिका-४ बिजुवार स्थित गणतान्त्रिक खेल मैदानमा लुम्बिनी प्रदेश शभा सदस्य धनलक्ष्मी श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले जिल्लाका सबै पालिकामा रहेको खेल मैदानलाई पुर्णता दिएर संचालनमा ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले दिहाल्ना खेल मैदानको बिकासकाअ लागि आफुले पहल थाल्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
प्रतियोगिताको साथै बालबालिकालाई नियमित अभ्यास र प्रशिक्षणको ब्यबस्था गर्नुपर्ने बताउनुभयो । खेलप्रति इच्छुक खेलाडीले सहज रुपमा खेल्न पाउने वातावरण बनाउन वडा तहदेखि नै पहल गर्नुपर्ने उहाँको भनाई छ ।
प्रतियोगितामा जिल्लाका नौ वटै स्थानीय तहको सहभागिता रहेको छ । तिनदिन सम्म चल्ने खेलमा भलिबल, कब्बडी, रिले दौड, दौड मार्सल आर्टस, एथलेटिक्स, लगाएत विविध प्रतियोगिताहरु हुदैछन् ।