> आर्थिक/बिकास > हर्वल सावुन उद्योग सञ्चालन


हर्वल सावुन उद्योग सञ्चालन

प्युठान, २ असार । स्थानीय कच्चा पदार्थको प्रयोग गरेर हर्वल सावुन उत्पादन थालिएको छ ।

प्युठान नगरपालिका-८ धर्मावतीमा खुम बहादुर थापाले मातृभूभी प्राकृतिक हर्वल सावुन उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।

उद्याेगमा उत्पादन भएकाे साबुन ।

पाँच लाख रुपियाँको लागतमा उद्योग सञ्चालन गरेको थापाले जानकारी दिनुभयो । उहाँले उद्योग खोल्नुअघि उद्योग सम्वन्धी तीन महिना तालिम सिक्नुभएको हो । भारतको दिल्लीमा पुगेर बालाजी हर्वल प्रोडक्समा तालिम लिएको उहाँले बताउनुभयो ।

 

लेमन ग्रास, गुलाफ, नीम, पाती, हलेदो, दुध लगायत स्थानीय उत्पादन मिसाएर सावुन बनाउने गरेको उहाँले सुनाउनुभयो । “जुनसुकै तेलको प्रयोगबाट सावुन बनाउन सकिन्छ,” उहाँले भन्नुभयो, “चिउरीको तेलबाट राम्रो बन्छ ।”

 

अहिले लकडाउनका कारण उद्योगमा अहिले उत्पादन छैन । उद्योग सञ्चालन भएदेखि एक लाख रुपियाँको सावुन जिल्ला भित्रै विक्री गरेको थापा बताउनुहुन्छ । उद्योग सञ्चालन र व्यवस्थापनका लागि घरेलु तथा साना उद्योग कार्यालयले एक लाख २३ हजार रुपियाँ बराबरको सहयोग गरेको उहाँले बताउनुभयो ।

 

लकडाउनको समयमा उद्योगको विस्तारको योजना बनाउने गरेको उद्यमी थापा बताउनुहुन्छ । “जिल्ला भित्र मात्र विक्री गरेर सम्भव छैन,” उहाँले भन्नुभयो, “देश तथा विदेशमा समेत विक्री गर्नका लागि सम्पर्क गरिरहेको छु ।” काठमाण्डौमा रहेको घरेलु शिल्पकला सङ्घमा सम्पर्क गरेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *