> समाज > प्यूठानमा छोराछोरी र आमा जंगलमा मृत अवस्थामा भेटिए


प्यूठानमा छोराछोरी र आमा जंगलमा मृत अवस्थामा भेटिए

प्यूठान, ११ जेठ । प्यूठानमा छोराछोरी र आमा जंगलमा झुण्डिएको अवस्थामा भेटिएका छन् ।

प्यूठान नगरपालिका वडा नम्वर १ स्थित चेरनेटा नजिकको जंगलमा तीन जना रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

 

मृतक प्यूठान नगरपालिका वडा नम्वर २ चितिखोलाकी २६ वर्षीया गायत्री सुनार, उनको २ वर्षको छोरा र ५ वर्षको छोरी रहेको खुलेको छ ।

 

हिजो साँझ घरबाट माइत जान हिडेको गायत्रीका ससुरा गिरबहादुर सुनारले बताउनुभयो । गायत्रीको माइत स्वर्गद्वारी नगरपालकिा वडा नम्वर ८ हदचौर पर्दछ ।

 

श्रमिान प्रकाश सुनार रोजगारकिो शलिशलिामा भारतमा रहेको बताईएको छ ।

 

शव पोष्ट मार्टमका लागि प्यूठान अस्पतालमा लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षण देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *