> आर्थिक/बिकास > बस्ती जोगाँउन नाली


बस्ती जोगाँउन नाली

प्यूठान, ६ असार । नौवहिनी गाउँपालिका प्यूठानले वस्ती संरक्षणका लागि नाली निर्माण कार्य अगाडी वढाएको छ । बाढी पहिरोवाट आउने जोखिम रोकथामका लागि नौवहिनी गाउँपालिका–५ गावैमा नाली निर्माण योजना अगाडी वढाएको हो ।

झण्डै एघार सय मिटर लामो नाली निर्माण गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत थानेश्वर भण्डारीले बताउनुभयो । “यो वर्ष २ सय ४० मिटरसम्म काम सम्पन्न भएको छ” ,प्रशासकिय अधिकृत भण्डारीले भन्नुभयो, “वाँकी काम आगामी वर्षको वजेटमा समेटेर निर्माण सम्पन्न गर्ने छौं ।” यो वर्ष जनश्रमदान सहित दश लाख वरावरको काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

भिरालो जमिनका कारण वर्षादको समय यहाँको खेतीयोग्य जमिन र वस्ती समेत जोखिममा रहदै आएको छ । वर्षादमा घरगोठ तथा खेतीयोग्य जमिन सहित खेतीवालीमा समेत क्षती हुदै आएको स्थानीय मन वहादुर सुनारले बताउनुभयो । “एकातर्फ भिरालो जमिन । त्यसमा पनि यहाँको माटो कच्ची छ” सुनारले भन्नभयो, “ठूलो पानी पर्दा गाउँनै बगाउँने जोखिम वढ्छ ।” नाली निर्माण समितिका अध्यक्ष समेत रहनुभएको उहाँले नाली निर्माणले वस्ती संरक्षण गर्न सहयोग पुग्ने बताउनुभयो ।

वर्षातका कारण वस्ती तथा खेतीयोग्य जमिनमा पस्ने भल तर्काउने गरि पक्की नाली निर्माण गरिएको छ । झण्डै ४ सय घरधूरी संख्या रहेको यस क्षेत्र नाली निर्माणले वस्तीसंगै खेतीवाली संरक्षण हुनेहुँदा खुसी छन् । “आयोजना अझै पुरा भएको छैन” ,सुनारले भन्नुभयो, “आगामी वर्ष वजेट विनियोजन भए वस्ती खस्ने जोखिम कम हुने थियो ।”

नाली निर्माणवाट बाढी पहिरोको जोखिम न्यूनिकरण हुने गाउँपालिकाका अध्यक्ष शिव रिजाल बताउनुहुन्छ । “बस्तीसंगै खेतीवाली समेत जोगिदा स्थानीयलाई राहत पुग्नेछ” उहाँले भन्नुभयो ।

यहाँका अधिंकाश स्थानीय कृषि र ज्याला मजदुर गरि जीविकोपार्जन गर्ने गर्छन । वर्ष दिनको मेहिनत भलपानी र पहिरोले बगाउँदा स्थानीय मारमा पर्दै आएको स्थानीय इन्द्र घर्ति बताउनुहुन्छ । “एक त पहिले जस्तो उब्जनी हुदैन । त्यसमा पनि वर्षादको समयमा बाली कटान गर्ने समस्या छ ।”,उहाँले भन्नुभयो । नाली निर्माणले हौँसीएका स्थानीयहरु जनश्रमदानमा समेत उल्लेख्य खटिएको उहाँले बताउनुभयो ।

१ लाख ६५ हजारको जनश्रमदान र वाँकी गाउँपालिकाको लगानीवाट नाली निर्माण गरिएको हो । पहाडी क्षेत्रमा वाढी पहिरोको उच्च जोखीम रहेकोले सतर्कता अपनाउन स्थानीय तह सचेत रहनु पर्ने स्थानीय समाजसेवी राम पहाडी बताउनुहुन्छ । वर्षादको समयमा पानी धेरै आउँदा प्राकृतक विपत्ती आई पर्ने हुँदा पानीको उचित व्यवस्थापनसंगै बातावरण संरक्षणमा स्थानीय तहले ध्यान दिनु पर्ने उहाँले सुझाव दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *