प्यूठान, १४ असोज । साहित्यकार एवं पत्रकार सविन प्रियासनको उपन्यास ‘एयर होस्टेस’ आकाशमा विमोचन भएको छ ।
यति एयरलाइन्सको ७२ सिटे विमानमा सोही एयरलाईन्समा कार्यरत एयरहोस्टेस सुदिक्षा प्याकुरेल र सुस्मिता मिजारले संयुक्तरुपमा विमोचन गर्नु भएको हो ।
१५ हजार ५ सय फिट उचाईमा उपन्यासको विमोचन गरिएको लेखक प्रियासनले जानकारी दिनुभयो । काठमाडौं देखि नेपालगञ्ज आउनेक्रममा स्वास्थ्य सामग्रीसहित प्लेन चढेका यात्रुहरुले समेत उपन्यासको अध्ययन गरेका थिएँ ।
एयर होस्टेस उपन्यास प्रियासनको नवौं उपन्यास हो । प्रियासनले यस अगाडी ८ वटा उपन्यास, दुईवटा कथा र अन्य पुस्तक प्रकाशन गरिसक्नु भएको छ ।
एयर होस्टेस कसरी बन्ने, बनि सकेपछि एयर होस्टेसको भूमिका के हुने, उसले आफ्नो काम, कर्तव्य र जिम्मेवारी कसरी निर्वाह गर्ने, हवाई यातायातलाई प्रभावकारी बनाउन एयर होस्टेसको भूमिका हे हुनुपर्छ, हुन सक्छ ? भन्ने कुरा उपन्यासको मुख्य विषय वस्तु बनेको उपन्यासकार प्रियासनले बताउनुभयो ।
