> राष्ट्रिय > साहित्य/संगीत महोत्सब समापन : सुशील सुनारको कबिता उत्कृष्ट


साहित्य/संगीत महोत्सब समापन : सुशील सुनारको कबिता उत्कृष्ट

प्युठान । साहित्य परिषद प्युठानले आयोजना गरेको साहित्य/संगीत महोत्सबको अवसरमा आयोजित कबिता प्रतियोगितामा सुशील सुनारको कबिता उत्कृष्ट भएको छ ।

आज भएको प्रतियोगितामा सुनारको कबिता प्रथम भएको हो । उहाले ७ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।
प्रतियोगितामा दोस्रो स्थान सुनिल बिकको कबिताले प्राप्त गर्‍यो । बिकले ४ हजार नगद पुरस्कार पाउनुभयो ।

तेस्रो स्थानमा वसन्त खड्काको कबिता रह्यो । खड्काले ३ हजार नगद पुरस्कार पाउनुभयो । युवराज भण्डारीले चौथो स्थानमा रहेरा १ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो ।
प्रतियोगितामा १५ जनाले भाग लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *