प्यूठान, ३० वैशाख । मगंलवार मल्लरानि गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा रहेका ३१ जनाको ¥यापिड डाइग्नोस्टिक टेस्ट आरडीटीबाट कोरोना परिक्षण गरिएको छ ।
भारत तथा तेस्रो मुलुकबाट आइ १४ दिन क्वारेन्टाइनमा बसेकाको आरडिटि परिक्षण गरिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बालकुष्ण थापाले जानकारी दिनुभयो । थापाका अनुसार आज परिक्षण गरिएका सबै ३१ जनाको आरडिटि रिपोर्ट नेगेटिभ आएको हो ।
गाउँपालिकाका प्यूठान क्याम्पसमा रहेका १२ जना, जनता मावि लुक्कामा रहेका ८ जना, टावर क्वारेन्टाइनमा रहेका ४ जना र भानुभक्त मावि बर्बोटमा रहेका ७ जनाको आरडिटिबाट परिक्षण गरि ७ दिन होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाइएको हो ।
