> राष्ट्रिय > अभिभावक गुमाएपछि चार छोरीको विचल्ली, शवको पोष्टमार्टमपछि आज अन्यष्टी गरिदै


अभिभावक गुमाएपछि चार छोरीको विचल्ली, शवको पोष्टमार्टमपछि आज अन्यष्टी गरिदै

महेश थापा
बहाने प्यूठान, १० जेठ । नौबहिनी गाउँपालिका वडा नम्वर १ स्थित स्याउलविाङ चौताराका चार बालिका अभिभावक विहीन भएका छन् ।

शनिबार राती निर्माणधिन अवस्थामा रहेको आफ्नै घर भत्किएर बोम बहादुर मल्ल सहित उहाँको श्रीमती र एक छोराको मृत्यु भएपछि मल्लका चार छोरी अभिभावक विहीन भएका हुन् ।

 

घरको खरको छानो हटाएर जस्ता पाता लगाउनका लागि निर्माणधिन अवस्थामा रहेको घर राती भत्किएर मल्ल परिवारको तीन सदस्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा रहेका चार छोरीहरु अहिले अभिभावक विहिन बनेका छन् । उनीहरुको साहारा विहिन भएका छन् । उनीहरु १५, १२, ९ र ७ वर्षका छन् ।

शवको आज अन्त्यष्टी गरिदै

मृतकका शवको आज अन्त्येष्टी गरिदैछ । वडा अध्यक्ष शेर बहादुर सेनका अनुसार शव पोष्टमार्टम गरि ल्याउदै गरेको जानकारी दिनुभयो । दुःखद घटना भएको भन्दै उहाँले शवको अन्त्येष्टी पछि राहतको लागि कुराकानी गरिने समेत जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *