प्यूठान- नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ ।।
आइतवार थप १९ जनामा कोरोना संक्रमण भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ जसमध्ये ८७ जना कोरोना निको भएर घर फर्किसकेका छन् । यस्तै ३ जनाको कोरोना कै कारण मृत्यु भइसकेको छ ।
