> समाज > संस्कृतिको संरक्षण गर्न भैलो प्रतियोगिता सञ्चालन


संस्कृतिको संरक्षण गर्न भैलो प्रतियोगिता सञ्चालन

प्यूठान । तिहारको अवसरमा खेलिने देउसी भैलोलाई संरक्षण गर्ने उदेश्यले प्रतियोगिताको रुपमा अगाडी बढाउन खोजिएको छ । स्थानीय कला संस्कृतिको संरक्षण गर्नका लागि गौमुखी गाउँपालिका वडा नम्वर ५ ठुलावेशीमा रहेको एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २०७५ सालदेखी यो अभियान शुरु गरेको हो ।

 

तर कोरान भाईरसको विश्वव्यापी महामारीका कारण अघिल्लो दुई वर्ष प्रतियोगिता हुन सकेन । ०७५ सालमा पहिलो पटक प्रतियोगिता सञ्चालन भएपनि त्यसपछि रोकिएको प्रतियोगिता यसवर्ष गरिएको छ ।

 

तिहारपछिको ठूलो एकादशीका दिन सोमबार ठुलावेशीमा प्रतियोगिता आयोजना गरियो । जसमा गौमुखी गाउँपालिका, झिमरुक गाउँपालिका र मदाने गाउँपालिका गुल्मीबाट १२ समुहले सहभागीता जनाए ।

 

प्रतियोगितामा प्रथम अग्लुङको समुह, द्धित्तिय नारिकोटको समुह र तृत्तिय ठुलावेशी र थम्मन सिंहको २ वटा समुह भएका छन् । प्रतियोगितामा विजयी प्रथम, द्धित्तिय र तृत्तियलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

 

प्रतियोगितामा सहभागीता जनाएका समुहलाई समेत आयोजकले यातायात तथा हौसला स्वरुप ४ हजारदेखी ७ हजार सम्म नगद उपलब्ध गराएको थियो । विभिन्न निकायहरुको सहयोग तथा समन्वयमा कार्यक्रम सम्पन्न गरिएको अध्यक्ष केशब बहादुर केसीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *