> राष्ट्रिय > गौमुखी गाउँपालिकाको कक्षा ५ को स्थानीय पाठ्यपुस्तक तयार


गौमुखी गाउँपालिकाको कक्षा ५ को स्थानीय पाठ्यपुस्तक तयार

प्युठान । गौमुखी गाउँपालिकाले कक्षा ५ को स्थानीय पाठ्यक्रम ‘हाम्रो गौमुखी’ को पुस्तक तयार गरेको छ । अघिल्लो वर्ष पाठ्यक्रम तयार गरेको गाउँपालिकाले यस वर्ष कक्षा ५ को पाठ्यपुस्तक निर्माण गरेको हो ।

 

गाउँपालिकाका शिक्षा शाखा प्रमुख निमा पोख्रेलले कक्षा ५ को पाठ्यपुस्तक निर्माण भएको र अरु कक्षाको क्रमिक रुपमा निर्माण गर्दै जाने जानकारी दिनुभयो ।

 

गौमुखी गाउँपालिकामा रहेका सबै सामुदायिक एवम् संस्थागत विद्यालयको कक्षा ५ मास्थानीय पाठ्यक्रम ‘हाम्रो गौमुखी’ पठनपाठन भइरहेको छ ।

 

विद्यालयमा केन्द्र सरकारले निर्माण गरेको पाठ्यक्रमले स्थानीय आवश्यकता र अपनत्वको सम्बोधन हुन नसक्ने भएकाले स्थानीय विषयवस्तुको मूल्यबोधको लागि स्थानीय पाठ्यक्रम मार्गदर्शन २०७६ अनुसार पाठ्यक्रम तयार पारी कार्यान्वयनमा ल्याइएको थियो । कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम विकास गरी लागु गर्ने नीति तथा कार्यक्रम भए पनि अहिले कक्षा ५ बाट सुरु गरिएको गाउँपालिको जनाएको छ ।

 

पाठ्यक्रममा स्थानीय भूगोल र इतिहास, सामाजिक, राजनीतिक र शैक्षिक अवस्था, स्थानीय सरकार, आर्थिक क्रियाकलाप, स्थानीय सिप, प्रविधि र रोजगारी, स्थानीय प्राकृतिक स्रोत र साधन, स्थानीय जीवन पद्धति, स्थानीय विकासका पूर्वाधारहरू र विपद् व्यवस्थापन र सुरक्षा लगायतका क्षेत्र समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *