> राष्ट्रिय > कोरोना संक्रमित विरामीको प्यूठान अस्पतालमा मृत्यु


कोरोना संक्रमित विरामीको प्यूठान अस्पतालमा मृत्यु

प्यूठान, १० बैशाख । उपचारको क्रममा एक जना कोरोना संक्रमितको प्यूठान अस्पताल विजुवारमा मृत्यु भएको छ ।

 

मल्लरानी गाउँपालिका-निवासी ८३ वर्षीया महिलाको मृत्यु भएको प्यूठान अस्पतालले जनाएको छ ।

 

ज्वरो र श्वासप्रश्वास सम्वन्धी समस्या भएपछि उनलाई आज विहान अस्पताल लगिएको थियो । करिव १२ बजेतिर उनको मृत्यु भएको अस्पतालका डाक्टर नविन दर्नालले जानकारी दिनुभयो । परिवारसँगको सल्लाह अनुसार मृतकको शव नेपाली सेनामार्फत अन्त्येष्टी गर्ने तयारी भइरहेको छ ।

 

 

घटनाबारे जिल्ला स्वास्थ्य कार्यालय, निर्देशनालय, प्रमुख जिल्ला अधिकारी सवैलाई जानकारी गराइएको डाक्टर दर्नालले बताउनुभयो । डाक्टर दर्नालका अनुसार उनको एन्टिजेन टेष्ट गर्दा पोजेटिभ देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *