प्यूठान । राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम प्यूठानले आगामी आर्थिक वर्षमा संचालन हुने कार्यक्रमका बारेमा सरोकारवालाहरुसँग छ्लफल गरेको छ ।
शुक्रबार कार्यालयको सभाहल खलंगामा एक कार्यक्रम गरि छ्लफल गरेको हो । आव २०८३/८४ का लागि जिल्लामा संचालन हुने कार्यक्रमको प्राथमिकिकरणका लागि स्थानीय तहबाट माग भइ आएका योजनाहरुका बारेमा छलफल गरिएको कार्यालयका कृषि अधिकृत जयन्ती मल्लले बताउनुभयो । कार्यक्रममा तरकारी, धान, अदुवा बेसार जोन संचालक समिति, कृषि सहकारी, अगुवा कृषकहरुको सहभागिता रहेको थियो ।
अदुवा, तरकारी, धान जोन क्षेत्रमा र समग्र जिल्लाको कृषि क्षेत्रमा गर्नुपर्ने कामका लागि प्राप्त सल्लाह सुझावलाई प्राथमिकीकरण गरि आगामी वर्षका लागि कार्यक्रम प्रस्ताव तयार गर्ने कार्यालय प्रमुख चुमान सिंह गिरीले बताउनुभयो । पालिकाका कृषि शाखासँग छलफल गर्ने उहाँले जानकारी दिनुभयो ।
कार्यालय प्रमुख गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण खड्का रहनुभएको थियो । कार्यक्रमको सहजीकरण बिपिन खड्काले गर्नुभएको थियो ।
