> समाज > रेडक्रस प्यूठानको ३८ औं साधारण सभा बाहानेमा सम्पन्न


रेडक्रस प्यूठानको ३८ औं साधारण सभा बाहानेमा सम्पन्न

महेश थापा
प्यूठान (बाहाने) । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको ३८ औं बार्षिक साधारण सभा आज बाहानेमा सम्पन्न भएको छ ।
साधारण सभाको अवसरमा डा.लेखराज सुवेदीलाई यशस्कर सदस्यताको प्रमाण पत्र प्रदान गरिएको छ । तुलक स्मृति पुरस्कारबाट स्वयंसेवक नारायाणी जिसी, जनजागृति मावि कसरीका शिक्षक नायक मधुप्रसाद भण्डारी र रेडक्रस सर्कलबाट जनता मावि बाग्दुलाका शुसिल बुढालाई पुरस्कृत गरिएको छ ।
उत्कृष्ट योगदान गर्नेहरुलाई प्रशंसा पत्र तथा सम्मान पत्र प्रदान गरिएको छ । जुनियर÷युवा रेडक्रस सर्कल जनता मावि बाग्दुालका संरक्षक इन्द्रमाणि पोख्रेल र जनता मावि विजुलीका संरक्षक खडानन्द पौडेललाई सम्मान गरिएको हो । उत्कृष्ठ उपशाखामा मच्छी उपशाखालाई सम्मान गरिएको छ ।
रक्तदान कार्यमा उत्कृष्ट योगदान गर्ने लायन्स क्लव अफ प्यूठान र नेपाल स्वयमसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य मनु लामालाई सम्मान गरिएको छ । उत्कृष्ट जुनियर÷युवा रेडक्रस सर्कलबाट नेपाल युवा रेडक्रस सर्कल खड्गेश्वरी मावि दरभानलाई सम्मान गरिएको छ ।
मानव सेवामा समर्पित रेडक्रसले आकस्मिक रक्त सञ्चार सेवा र एम्बुलेन्स सेवा संचालन गर्दै आएको मन्त्री दामोदर शर्माले जानकारी दिनुृभयो ।
रेडक्रस प्यूठानको स्थापना २०३४ साल बैशाख १० गते भएको हो । जिल्ला शाखा प्यूठानमा हाल १८ वटा उपशाखा, ८८ वटा जनियर÷युवा रेडक्रस सर्कल, ६ जना यशस्कर सदस्य, २ हजार ३ सय ८ जना आजिवन सदस्य, ८४ जना साधारण सदस्य, २ वटा संस्थागत सदस्य  र ६ हजार २ सय ९३ जना जुनियर÷युवा रेडक्रस सदस्य रहेको रेडक्रस प्यूठानले जनाएको छ ।
शाखा सभापति गुमानराज पुलामीको अध्यक्षतामा सम्पन्न साधारण सभाको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी. रहनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *