> समाज > सरुमारानीमा खरको छाना भएका २ सय घरधुरीको छानो फेरिने


सरुमारानीमा खरको छाना भएका २ सय घरधुरीको छानो फेरिने

प्यूठान, ५ वैशाख । सरुमारानी गाउँपालिकामा खरको छाना भएका २ सय घरधुरीको छानो फेरिने भएको छ ।

सघन शहरी तथा भवन निर्माण योजना अन्तर्गत सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत यस वर्ष २ सय घरधुरीका लागि जस्तापाता दिन लागिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चिन्तामणि रेग्मीले जानकारी दिनुभयो । निकट भविष्यमा खरको छाना विस्थापित गर्ने उदेश्यले पहिलो चरणमा यस वर्ष २ सय परिवारको छानो फेर्ने योजना रहेको उहाँले बताउनुभयो ।

 

हालसम्म वडा नं १ मा १२ घर, वडा नं ३ मा ३६ घरधुरी, वडा नं ४ मा १८ घरधुरी, वडा नं ६ मा ६४ घरधुरी छनोट गरिएको छ । अन्य वडामा भने लाभग्राहि छनोट गर्न वाकिँ रहेको छ ।

 

असहाय, गरिब परिवारले सुख, शान्तिपूर्ण तथा सहज रुपमा जीवनयापन गर्न सकुन् भन्ने उद्देश्य वडा वडा मै गएर लाभग्राही छनौट गरिएको प्रशासकिय अधिकृत रेग्मीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *