> आर्थिक/बिकास > प्यूठान नगरपालिकामा १३ लिफ्ट खानेपानी आयोजना


प्यूठान नगरपालिकामा १३ लिफ्ट खानेपानी आयोजना

प्यूठान, २० जेठ । प्यूठान नगरपालिकामा चालु आर्थिक वर्षमा १३ वटा लिफ्ट खानेपानी आयोजना निर्माणको क्रममा रहेका छन् । ती आयोजना निर्माणको लागि करिब चार करोड ५५ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

प्यूठान नगरपालिका सहित प्रदेश सरकार र केन्द्र सरकारको समेत आर्थिक सहयोगमा आयोजना सञ्चालन गरिएको छ । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा आयोजना सम्झौता भई काम सञ्चालनमा रहेको प्यूठान नगरपालिकाका योजना अधिकृत चन्द्र बहादुर जि.सी.ले जानकारी दिनुभयो ।

चालु आ.व.मा सम्झौता भएको मरन्ठानाकोट लिफ्ट खानेपानी आयोजना प्रदेश समपुरक सुरु हुन नसकेको उहाँले बताउनुभयो । उक्त आयोजना निर्र्माण शुरु गर्ने क्रममा रहेको उहाँले बताउनुभयो । अरु आयोजनाले लडक डाउनको समयमा पनि काम सञ्चालन गरेको समेत जि.सी. बताउनहुन्छ ।

सबै आयोजना तीन वर्ष अवधिमा सक्ने सम्झौता छ । उपभोक्ता समिति मार्फत आयोजना सञ्चालन गरिएको छ भने फिटिङ्गका सामाग्री खरिदको लागि नगरपालिकाले टेण्डर गरेको छ । साथै सम्झौता अबधि मै आयोजना सम्पन्न हुने योजना प्रमुख जि.सी.ले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *