प्यूठान । शनिबार दिउँसो स्वर्गद्वारीबाट फर्किदै गरेको जीप दुर्घटनामा घाईते भएका दुई जनाको मृत्यु भएको छ । बुटवलमा उपचाररत रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ४ निवासी ५४ वर्षीया कान्ति कर्ण र मायादेवी गाउँपालिका वडा नं. ३ निवासी ७० वर्षीया पटवारी कुहारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लु ३ च ३५३ नम्वरको जीप दुर्घटनामा मायादेवी गाउँपालिका वडा नं. ३ निवासी ३२ वर्षीया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो ।