प्यूठान । जिल्लाका विभिन्न संघ संस्थाले बढ्दो मूल्य वृद्धि नियन्त्रण र सहज उपलब्धताको माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
रासायनिक मल अभाव, इन्धन, उपभोग्य वस्तुको मुल्यवृद्धिले आम नागरिकको दैनिकीमा समस्या उत्पन्न भएको भन्दै आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको हो ।
