> समाज > प्यूठानको टिकुरीस्थित नयाँ वसपार्क उद्घाटन


प्यूठानको टिकुरीस्थित नयाँ वसपार्क उद्घाटन

प्यूठान, १ वैशाख । प्यूठान नगरपालिका ७ टिकुरीमा निमार्ण गरिएको वसपार्क आज उद्घाटन गरिएको छ ।

प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतिले बसपार्क उद्घाटन गर्नुभएको हो । प्यूठान वसपार्क व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष शालिकराम पण्डित अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनितिक दल, स्थानिय तहका प्रमुख, यातायात व्यवसायी, जग्गादाता, स्थानिय वासी लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा स्वागत मन्तव्य संचालक समितिका सदस्य जुमान सिंह के.सी र कार्यक्रमको संचालन माधव पोख्रेलले गर्नुभएको थियो । सगन, सहरी तथा भवन निमार्ण आयोजना दागंमार्फत ३ करोड ५२ लाख ९४ हजार ८५ रुपैयाको लागतमा वसपार्क निमार्ण गरिएको हो ।

 

यसको निमार्णको जय वुद्ध हिल्टप किशान जेभिले गरेको थियो । २०७४ असार २९ गते सम्झौता गरी २०७६ मंसिर २९ गते काम सम्पन्न गरिएको थियो । वसपार्कमा २ तले भवन निमार्ण गरिएको छ जसमा सफिङ हल, काउटर, बरन्डा, पानीको ट्याकीं, शौचालय, अपांगमैत्री शौचालय निमार्ण गरिएको छ । वसपार्क क्षेत्रमा २००० वर्ग मिटर ढलान गरिएको छ । ३५९ वर्गमिटरमा इन्टरलगिङ विछ्याउने कामसमेत भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *