> समाज > प्यूठानमा ४० हजार पशुलाई खोरेत विरुद्ध खोप


प्यूठानमा ४० हजार पशुलाई खोरेत विरुद्ध खोप

प्यूठान । जिल्लामा ४० हजार पशुलाई खोरेत रोग विरुद्धको खोप लगाउन थालिएको छ । जिल्लाबाट खोरेत रोग उन्मुलन गर्ने लक्ष्य सहित खोप अभियान सञ्चालन गर्न लागेको कृषि तथा पशुपन्छी विकास कार्यालयका वरिष्ठ वागवानी विकास अधिकृत भाष्कर पौडेलले बताउनुभयो ।

 

“केन्द्रबाट ८० हजार डोज खोप प्राप्त भएको छ,” उहाँले भन्नुभयो, “४० हजार नियमित र थप ४० हजार बुस्टर डोजको रुपमा प्रयोग गरिनेछ ।” खोप लगाउनका लागि तयारी भइरहेको छ । भ्याक्सिनेटर नियुक्त गरि तालिम दिएर खोप अभियान अगाडी बढाउने उहाँले बताउनुभयो ।

 

खोप अभियान अन्र्तगत सडक नजिकको क्षेत्रमा रहेका पशुलाई रोगको सङ्क्रमणको जोखिम बढी हुने भएकाले त्यस क्षेत्रलाई प्राथमिकता दिएको पौडेलले बताउनुभयो । “मुल सडकदेखि पाँच किलोमिटर भित्रको क्षेत्रलाई प्राथमिकता दिएका छौं,” उहाँले भन्नुभयो, “गाई भैंसीलाई खोप लगाइदैछ ।” सरुमारानी गाउँपालिका, स्वर्गद्धारी नगरपालिका र प्यूठान नगरपालिकामा बढी खोप लगाइने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *