> राष्ट्रिय > प्यूठानमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु, दिउँसोदेखी यातायात बन्द


प्यूठानमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु, दिउँसोदेखी यातायात बन्द

प्यूठान । आज दिउँसो सडक छेउबाट हिँडिरहेका बेला मोटरसाइकलले ठक्कर दिएर एक बालकको मृत्यु भएपछि स्थानीयले भालुवाङ-प्यूठान सडक बन्द गरेका छन ।

 

सरुमारानी गाउँपालिका वडा नम्वर २ ददेरीमा स्थानीय एघार वर्षीय सुदीप जिसीको मोटरसाइकल ठक्करबाट मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयले दिउँसोदेखी बाटो बन्द गरेका हुन ।

 

प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट घाईते जिसीको उपचारका लागि लैजादै गर्दा बाटोमा ज्यान गएको हो । प्यूठानबाट दाङ तर्फ गुडेको रा ४ प ५०४८ नम्वरको मोटरसाइकलले जिसीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

 

मोटरसाइकल चालक फरार रहेको र चालकसँगै पछाडी बसेका व्यक्ति प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *