> राष्ट्रिय > नेपालमा थप एक जनामा कोरोना संक्रमण


नेपालमा थप एक जनामा कोरोना संक्रमण

प्यूठान, १ जेष्ठ । नेपालमा थप एक जनामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला, भरतपुरमा गरिएको परिक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार संक्रमित व्यक्ति नवलपरासी निवासी ४९ वर्षिय पुरुष रहेका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको छ जसमध्ये ३५ जना कोरोना मुक्त भइ घर फर्किसकेका छन् ।

आजै विहानै मात्रै २ जना कोरोना संक्रमित भेटिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *