प्यूठान, १९ असार । यहि असार २२ र २३ गते भिटामिन र जुकाको औषधी खुवाउन थालिएको छ । ५ वर्ष मुनिका बालबालिकालाई भिटामीन ए र जुकाको औषधी खुवाउन लागिएको हो ।
यसअघि सरकारले नियमित कार्यक्रम अन्र्तगत बैशाख २ र ३ गते भिटामिन र जुकाको औषधी खुवाउने कार्यक्रम कोरोनाले गर्दा स्थगित गरिएको थियो । सरकारले पहिलो चरणमा बैशाख २ र ३ गते र दोस्रो चरणमा कात्तिक ६ र ७ गते भिटामिन र जुकाको औषधी खुवाउने गर्दछ ।
यसैबीच, जिल्लामा भिटामिन ए र जुकाको औषधी खुवाउनका लागि खटिने महिला स्वास्थ्य स्वयंसेविकालाई स्यानिटाइजर र सर्जिकल मास्कको व्यवस्था गरिएको छ । सुआहारा कार्यक्रम अन्र्तगत जिल्लाभरका महिला स्वास्थ्य स्वयंसेविकालाई स्यानिटाइजर र सर्जिकल मास्क उपलब्ध गराएको साझेदार संस्थामल्लरानी ग्रामीण विकास सरोकार केन्द्र खलंगा प्यूठानले जनाएको छ ।
जिल्लाका सवै स्थानीय तहलाई उक्त सामाग्री प्रदान गरिएको छ । स्थानीय तह मार्फत सम्वन्धित महिला स्वास्थ्य स्वंसेविकाले सामाग्री प्राप्त गर्नेछन् ।