> समाज > स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते


स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

प्यूठान, १ बैशाख । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीहरु सवार जीप प्यूठानको स्वर्गद्धारी नजिकै भएको दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ४ पुगेको छ ।

बुधवार दिउँसो भएको दुर्घटनामा परी प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्यांजा निवासी वर्ष ३८ का श्याम न्यौपाने, कम्प्यूटर अपरेटर सुर्य प्रसाद पन्थी, खरिदार इश्वरी भण्डारी, मुसिकोट नगरपालिका वडा नं. ३ बस्ने वर्ष २२ को सवारी चालक केशव कार्कीको ज्यान गएको हो ।

 

गाडीमा एक जना अझै अड्कीएको अवस्थामा रहेको घटना स्थलबाट प्रहरी नायव निरिक्षक बुद्धि रानाले जानकारी दिनुभयो ।

 

दुर्घटनामा घाईते हुनेहरुमा रेसुङ्गा नगरपालिका वडा नं. ४ बस्ने वर्ष २३ को सुनिता कडेल, वर्ष २९ को बसन्ती पौडेल, रेसुङ्गा नगरपालिका वडा नं. १ बस्ने वर्ष ३० को गिता मुखिया, वर्ष १२ को अनिश बोहोरा, रेसुङ्गा नगरापालिका वडा नं. २ बस्ने वर्ष २४ को तारा भण्डारी, वर्ष ६ को आशिष भण्डारी, वर्ष ३३ को दिलबहादुर थापा, वर्ष २७ को कमला ज्ञवाली, वर्ष १२ को सार्थक ज्ञवाली, वर्ष ४ को निकिता पौडेल र मल्लरानी गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ३० को सन्दिप परियार रहेका छन् ।

 

घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा उपचार भईरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार ४ जनाको अवस्था गम्भिर रहेको छ ।

One thought on “स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

  1. हाम्रो गाउँ घरको बाटो कहिले होला भारतको जसतै राम्रो
    नेताहरु कुर्ची तानातान जनताहरु आन्दोलन जनता माथिनै
    धुङगा हानाहान् कहि नभाको जात्रा हाँडीगाउँमा जस्तै
    हाम्रै नेपालमा विकासमा परीवर्तन हुने कहीले बाटो उस्तै
    पानी बिद्धटु बिजुली सबैमा परीवर्तन भएको छैनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *