> राजनीति > मसालले भन्यो, विप्लवका कार्यकर्ताले गरेको दुव्र्यवहारमा एमालेको पनि मिलेमतो


मसालले भन्यो, विप्लवका कार्यकर्ताले गरेको दुव्र्यवहारमा एमालेको पनि मिलेमतो

प्यूठान । नेपाल कम्युनिष्ट पार्टी का कार्यकर्ताले मल्ल्रानी गाउँपालिका अध्यक्ष सहितका व्यक्तिलाई गरेको दुव्र्यवहारमा नेकपा एमालेसँगको मिलेमतोमा घटना भएको हुनसक्ने नेकपा मसालले शंका गरेको छ ।

“सरङकोटमा अमरध्वज राना समेतमाथि जुन कारबाही भयो त्यो वडाको अध्यक्ष एमालेका कार्यकर्ता नै हुन् । तर त्यो दिनको बैठकमा उनी त्यहाँ आएका थिएनन् । त्यसबाट यो अनुमान गर्न सकिन्छ कि एमाले समेतसित मिलोमतो गरेर सुनियोजित प्रकारले नै त्यस प्रकारको घटना घटाइएको थियाे।” विज्ञप्तीमा भनिएको छ, “ त्यो पालिकामा राष्ट्रिय जनमोर्चाले नै जितेको हुनाले छिट्टै हुन थालिरहेको स्थानीय चुनावमा राजमोलाई कमजोर पार्न एमालेसित साँठगाँठ गरेर त्यो घटना घटाइएको थियो भन्नका लागि शङ्का गर्ने ठाँउ छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *