प्यूठान, १४ चैत । नौबहिनी गाउँपालिका ६ बाहाने स्थित गंगा माध्यमिक विद्यालयको व्यवस्थापन समिति चयनका लागि भएको निर्वाचनबाट बलेन्द्र केसी नेतृत्वको समुह विजयी भएको छ ।
समिति चयनका लागि पटक पटक छलफल भएपनि सहमति हुन नसकेपछि भएको निर्वाचनमा बलेन्द्र केसीले २५६ मत र माधवसिंह केसीले १९३ मत प्राप्त गर्नुभएको हो ।
बलेन्द्र केसीको समुहका बलबहादुर केसीले २३९, मनिषा पुन २३१ र दिपा घर्ति २३६ मत ल्याएर विजयी हुनुभएको छ ।
माधवसिंह केसीको समुहका विष्णु घिमिरे २०८, सरोजमाया राना २११ र निर्मला सुवेदी २१२ मत ल्याउनुभएको छ ।
५ सय ३६ जना अभिभावकमध्ये ४ सय ८३ जनाले मतदान गरेकाथिए ।
