> समाज > प्यूठानमा कन्ट्याक्ट ट्रेसिङमा परेका ८ जना सहित थप २१ जनामा कोरोना संक्रमण


प्यूठानमा कन्ट्याक्ट ट्रेसिङमा परेका ८ जना सहित थप २१ जनामा कोरोना संक्रमण

प्यूठान, ३१ भाद्र । प्यूठानमा थप २१ कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधवार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहिमा गरिएको परिक्षणमा प्यूठानका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । संक्रमित प्यूठान नगरपालिकाका ९ जना, झिमरुक गाउँपालिकाका ७ जना, स्वर्गद्वारी नगरपालिकाका १ जना र सरुमारानी गाउँपालिकाका ४ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदिले जानकारी दिनुभयो ।

प्यूठान नगरपालिकाका ९ जना मध्ये १ जना क्वारेन्टाइनमा रहेको र ८ जना संक्रमितको कन्ट्याक्ट ट्रेसिङबाट परिक्षण गरिएको मध्ये रहेको नगरपालिका स्वास्थ्य संयोजक गोविन्द राज घिमिरेले जानकारी दिनुभयो ।

यस्तै सरुमारानी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका र झिमरुक गाउँपालिकाका सबै संक्रमित गाउँपालिकाले बनाएको क्वारेन्टाइनमै रहेको गाउँपालिकाले जनाएको छ ।

यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ४९६ पुगेको छ । जसमध्ये मंगलवार बेलुका सम्म ४५२ जना निको भएर घर फर्किसकेका छन् भने २ जना संक्रमितको मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *