प्यूठान, ९ साउन । प्यूठानी गायक विवश गिरीको तिज गित ‘बर्खे झरी’ सार्वजनिक भएको छ ।
विवशको दोस्रो गितको रुपमा रहेको यो गितमा विवशसँगै अस्मिता बुढाथोकाको स्वर रहेको छ भने गणेश अधिकारीको शब्द र महेन्द्र भण्डारीको म्युजिक र एरेन्ज रहेको छ । जसको अडियो मिक्सिङ खडक बजुरालीले गर्नूभएको हो भने रेकडिङ स्टुडियो मालश्री रेकडिङ स्टुडियो रहेको छ ।
अनिस खड्काले इडिट र राजु महतराले डाइरेक्सन गर्नुभएको सो भिडियोमा विवशसँगै सोनिया मगर, सुवास ववाल, पुर्णिमा मगर, नवराज पाण्डे र सुनिल विसिको अभिनय रहेको छ ।
