काठमाण्डौ, १६ चैत ।
सरकारले लक डाउनको समयावधि थप गरेको छ । आईतबार साँझ मन्त्रि परिषद बैठकले यस अघिको लक डाउन अवधि चैत २५ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको हो ।
सञ्चार मान्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले आम नागरिकलाई कोरोना संक्रमणबाट बच्न घरमै बस्न आग्रह गर्नुभयो । नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो । हालसम्म पाँच जनामा कोरोना संक्रमण भेटिएपछि सरकारले लक डाउनको समय थपेको छ ।
