प्यूठान । फूलवारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शेयर सदस्यलाई संरक्षित पुँजी फिर्ता कोषको रकम शनिवार कार्यक्रमको आयोजना गरि वितरण गरेको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा सदस्यहरुले गरेको योगदानको आधारमा प्रतिफलबात रकम वितरण गरेको हो । कार्यक्रममा ४० जना सदस्यलाई संरक्षित पुँजी फिर्ता कोषबापतको रकम नगद हस्तान्तरण गरिएको छ भने अन्य सदस्यको खातामा रकम जम्मा गर्ने व्यवस्थापक प्रकास वैद्यले बताउनु भएको छ ।
सम्मानित हुने शेयर सदस्यलाई बधाई तथा शुभकामना व्यक्त गर्दै संस्थापक अध्यक्ष लोक बहादुर बस्नेतले शेयर सदस्यलाई ढुक्क भएर सहकारीमा लगानी गर्न आग्रह गर्नु भएको छ । आफ्नो परिवारसँगै समाजलाई समेत फूलवारीमा आवद्ध हुन समेत बस्नेत अनुरोध गर्नुभएको छ । प्रविधि मैत्री सेवा प्रवाह गर्दै जिल्ला बाहिर पनी सहकारीले सेवा प्रदान गर्नुपर्नेमा समेत बस्नेत विश्वास व्यक्त गर्नु भएको छ ।
राष्ट्रियस्तरको ब्राण्ड समेत प्राप्त गरेको संस्थाले थप सदस्य मुखी सेवा प्रवा गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष भोज बहादुर बस्नेतले सदस्यले नियमित बचतलाई प्राथमिकता दिँदै ऋणलाई उपलब्धि मुलक क्षेत्रमा लगाई बढी भन्दा बढी फाइदा लिन समेत आग्रह गर्नुभयो ।
सम्मानित हुनुभएका शेयर सदस्य शिव बहादुर पुलामीले संस्थाको कार्यक्रमको प्रशंसा गर्दै अधिकतम रुपमा सहकारी संस्थाबाटै कारोवर गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रमको सहजिकरण सचिव निर्मला पोख्रेलले गर्नु भएको थियो ।