> राष्ट्रिय > स्वर्गद्वारी आश्रमको गाईगोठमा जलेर बालकको मृत्यु


स्वर्गद्वारी आश्रमको गाईगोठमा जलेर बालकको मृत्यु

प्यूठान, १७ फागुन । स्वर्गद्वारी आश्रमको एउटा गाईगोठमा लागेको आगोमा जलेर एक बालकको मृत्यु भएको छ ।

 

अन्दाजी १५ हेमे वि.क.को आगलागीमा पष्ििर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

आगो निभाउने क्रममा बालकको शव फेला परेको प्रहरीले जनाएको छ । मृतक बालकको ठेगाना खुलेको छैन् । विकको तीन पुस्ता स्वर्गद्वारी आश्रममा काम गर्दै आएको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि प्युठान अस्पतालमा पठाईएको छ । आईतबार साँझ अन्दाजी ६ बजेर ४५ मिनेटमा आगलागी भएको र आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

आगलागीबाट गोठ पूणर् रुपमा क्षति भएको छ । आगलागी भएपछि गाइहरुलाई फुकाएर छाडिएकाले चौपाय क्षति हुनबाट बचेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *