> समाज > स्तनपानको महत्व र कानुनी प्राबधान बारे अभिमुखिकरण


स्तनपानको महत्व र कानुनी प्राबधान बारे अभिमुखिकरण

प्यूठान । स्तनपानको महत्व, आमाको दुध बारे ज्ञान क्षमता र कानुनी प्राबधान बारे बर्थिङ सेन्टरका नर्सिङ कर्मचारी र औषधि ब्यबसायीहरुलाई अभिमुखिकरण गरिएको छ । स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा अभिमुखिकरण सम्पन्न भएको हो ।

नियमित स्तनपान गराउनाले पौष्टिक तत्व, आत्मियता बढाउने, रोगसँग लड्ने क्षमता बिकास, स्तन र पाठेघर क्यान्सरबाट बच्चाउने बारे प्रशिक्षण दिइएको थियो । बच्चा जन्मेको १ घण्टा भित्रै स्तनपान गराउनुपर्ने र ६ महिनासम्म आमाको दुध मात्र खुवाएको अवस्थामा २० प्रतिशत बालमृत्युदर घटाउन सकिने स्वास्थ्य कार्यालयका पुस्कल श्रेष्ठले बताउनुभयो ।

 

स्तनपानको महत्व बारे बताउँदै उहाँले बच्चा जन्मेको १ घण्टा भित्रै पहिलो खोपको रुपमा बिगौती दूध खुवाउने, जन्मने बित्तिकै छातिमा राख्ने, दिनको १०-१२ पटक स्तनपान गराउने, आमा वा बालबालिका जो बिरामी भएपनि निरन्तर स्तनपान गराइरहने, स्तनपान गराउने आमाले दैनिक खाने गरेको खाना भन्दा २ पटक थप खाना खाने, बोतलबाट दुध नखुवाउने उल्लेख गर्नुभयो ।

 

पोषण सम्बन्धि बिश्वब्यापी लक्ष्यका लागि समेत स्तनपान आवश्यक रहेको हुँदा नियमित स्तनपान नगराउँदा ख्याउटेपन, कम तौल, पुड्कोपन, रक्तअल्पता जस्ता समस्या देखिन्छ । स्तनपान नगराउँदा नेपालमा बार्षिक १३ अर्ब दुधलाई प्रतिस्थापन गर्ने बस्तुहरुको बिक्रि बितरण भैरहेको तथ्यांक छ । लुम्बिनी प्रदेशमा ३६ प्रतिसतले मात्र पुर्ण स्तनपान गराउने गरेको सरकारी तथ्यांकले देखाउछ ।

 

आमाको दुधलाई प्रतिस्थापन गर्ने बस्तु (बिक्रि बितरण नियन्त्रण) ऐन, २०४९ तथा नियमावली २०५१ बनेको छ । सो सम्बन्धमा अधिवक्ता रामेश्वर सुबेदीले जानकारी गराउनुभएको थियो ।