> समाज > प्यूठानमै सञ्चालन हुँदै सर्पदंश उपचार केन्द्र


प्यूठानमै सञ्चालन हुँदै सर्पदंश उपचार केन्द्र


प्यूठान, १ पुस ।
जिल्लामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आउने भएको छ । जलबायु परिवर्तन तथा विभिन्न कारणले तराईका विषालु सर्पहरु पहाड तर्फ आउने गरेको भन्दै जिल्लामा सतर्कता सहित केन्द्र सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।

 

केन्द्र सञ्चालनका लागि सवै पालिका तथा सरोकारवालाहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । साउन यता प्यूठानमा सर्पको टोकाईबाट तीन जनाको ज्यान गएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो ।

 

केन्द्र सञ्चालनका लागि लामाचौरका स्थानीयले ५ आना जग्गा निःशुल्क स्वर्गद्धारी नगरपालिकालाई हस्तान्तरण गरेका छन् । नेपाली सेनाले केन्द्र स्थापनाका लागि भवनको लागत स्टिमेट तयार गरेको छ । केन्द्र सञ्चालनको सवै व्यवस्थापन नेपाली सेनाले नै गर्ने प्रजिअ भुसालले जानकारी दिनुभयो ।

 

सर्पले टोक्दा स्थानीय अहिले पनि उपचारका लागि भन्दा धाँमीझाँक्रिकोमा जाने प्रचलन छ । जिल्लामै केन्द्र स्थापना हुँदा सर्पदंशको उपचारका लागि अव गोरुसिंहे जाने बाध्यता हट्नेछ । जिल्लामा केन्द्र सञ्चालन भएमा छिमेकी जिल्ला रोल्पा, गुल्मी, अर्घाखाँचीका स्थानीयले समेत सुविधा पाउनेछन् ।

 

मंगलबारको विपद् व्यवस्थापन समितिको बैठकमा केन्द्र सञ्चालनको तयारीका विषयमा छलफल भएको छ । यसअघि पनि बैठकमा केन्द्र सञ्चालनको विषयमा सैदान्तिक सहमति भएको थियो ।

 

यस विषयमा थप छलफलका लागि स्वर्गद्वारी नगरपालिकाले पुस ३ गते शुक्रबार जिल्ला स्तरीय अन्र्तक्रिया समेत आयोजना गर्दैछ । जिल्लाकै गौरवको आयोजना भएकाले जिल्ला स्तरीय अन्र्तक्रियाबाट प्रक्रिया अगाडी बढाउन छलफल आयोजना गरिएको नगरपालिकाका नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *