वासुदेव गिरी
प्युठान । नवनियुक्त प्युठान अस्पताल बिकास समितिका अध्यक्ष बिजय बिराज बिष्टले पदभार ग्रहण गर्नुभएको छ । लामो समयदेखि रिक्त रहेको अध्यक्ष पदमा नियुक्त भए संगै अध्यक्ष बिष्टले आज पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गर्दै नव नियुक्त अध्यक्ष बिष्टले स्वास्थ्य नागरिकको मौलिक अधिकार भएकोले अधिकार अधिकारमा मात्र सिमित नभएर जनताले अनुभुती गर्ने गरि कार्यान्वयनमा लैजान पहल थाल्ने बताउनुभयो । जनजीवनसंग जोडिएको स्वास्थ्य क्षेत्रमा समस्या भएपनि समस्या समाधानका लागि सबैसंग सहकार्य गरेर अगाडि बढ्ने अध्यक्ष बिष्टले बताउनुभयो ।
“नागरिकले पैसाको अभावमा ज्यान गुमाउन हुदैन ।” उहाँले भन्नुभयो । कर्मचारी प्रशासन, स्वास्थ्यकर्मी, ब्यवस्थापन पक्ष लगायत आम नागरिक मिलेर सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।अस्पतालमा डाइलोसिस सेवालाई कार्यान्वयनमा लैजान पहल थाल्ने उहाँको भनाई छ ।
प्युठान अस्पतालको प्रमुख प्रमिला खनालले लामो समय रिक्त रहेको पदमा अध्यक्षलाई स्वागत गर्न पाउँदा खुशी ब्यक्त गर्दै अस्पतालले एक असल अभिभावक पाएको बताउनुभयो । अस्पतालमा भवन सडक र कतिपय उपकरण समेतको अभाव रहेको जानकारी गराउदै यी सबै बिषयको समस्या हल हुने अपेक्षा गर्नुभयो ।
प्युठान अस्पतालको निमित्त प्रमुख प्रमिला खनालको अध्यक्षता, नवनियुक्त अध्यक्ष बिष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत खिम प्रसाद पार्धे र संचालन राजन घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मी कर्मचारी पत्रकार लगायको उपस्थित रहेको थियो ।
