राजनितीक दलले गर्दा नेपाल भो खोक्रो
ऐतिहासिक धरहरा सबै हुँदै गयो थोत्रो
हाम्रो देशका जनताले नजान्दा नि काईदा
अर्कै देशले उठाएछ सोझोपनको फाईदा
आन्दोलन सकियो आयो भन्थे गणतन्त्र
नीति नियम सबै भयो ब्राह्मणको मन्त्र
केहि गर्ला सोच्थ्यौ भए सबै एकै साथ
नेताज्यूलाई त लागेछ नि पैसोको मात
जलस्रोतको धनि देशमा पाईदैन पानी
भएर मात्र नि के गर्नु सबैथोकको खानि
सत्तामा बस्ने नै पैसामा बिक्न थालेपछि
कसको के लाग्छ र गधालाई पालेपछि
सत्ताभित्र जुन गए त पनि हुदैन भो पार
जनताले मात्रै खेप्नुपर्ने शोषितको मार
राजनितीमा छिर्दा रैछन सबै उस्तै खाले
देश बनाउनु सातो अंशबन्दा गर्न ठाले
कुम्लाउने गर्छन सबै श्रोतहरु भएजति
राजनीतिकै कारण बिग्र्यो देशको गति
राजा हुदा हामिलाई त शान्ति थियो बरु
हुदैन थियो हिंसा अन्याय अत्याचारहरु
अपराधिहरु पनि पैसा दिदै छुट्ने गर्छन
अन्यायमा पर्नेहरु आशै आशमा मर्छन
खानमात्रै खोज्ने तिनै छैन कुनै कामधन्दा
बिग्रदै गाछ हाम्रो नेपाल झनै हिजो भन्दा
यस्तो अन्याय अत्याँचार गर्छौ कतिन्जेल
रोक अब अती भो आफ्नै देशमाथि खेल
चुनाव आउदा घरमा आउछन सबै धोग्न
थाहा पाउथे होला अरुझै पर्ने भए भोग्न
बेच्न ठालिसके कर्णाली राप्ती अनि भेरि
लुक्न ठाल्छनजनतालाई दु:ख पर्दा खेरि
कुनै बेला ज्यान गुमाउने नेपालका वीर
ऐले आएर युवा~जति खाडि मुलुक तिर
सिङ्गो नेपाल टुक्रा भयो राजनीतिले गर्दा
मलामी नि पाईन छाड्यो यहाँ मान्छे मर्दा
लक्ष्मी मगर सङ्घर्ष
नौबहिनी 5 डाम्री प्यूठान
