प्यूठान । साहित्यीक पत्रिका सुमनको नयाँ अंक प्रकाशित भएको छ ।
साहित्य परिषद प्यूठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्मजयन्तीको अवसरमा आज सुमनको नयाँ अंक विमोचन गरेको हो ।
कार्यक्रममा प्यूठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतिले पत्रिका विमोचन गर्नुभएको हो । पत्रिकामा विभिन्न साहित्यीक श्रष्टाका रचना, बाल साहित्य समेटिएको छ ।
पत्रिका प्रकाशनका लागि प्यूठान नगरपालिकाले सहयोग गरेको परिषद प्यूठानका अध्यक्ष गेहराज थापाले जानकारी दिनुभयो ।






