> राष्ट्रिय > प्यूठानमा स्कारपियो दुर्घटना, एक जनाको मृत्यु


प्यूठानमा स्कारपियो दुर्घटना, एक जनाको मृत्यु

प्यूठान, २३ माघ । प्यूठानमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सरुमारानी गाउँपालिका–६ मोतिपुरमा रा १ ज ८०९ नम्वरको स्कारपियो दुर्घटनामा अर्घाखाँची सितगंगा नगरपालिका–८ सातामारा बस्ने अन्दाजी ४२ वर्षका टंक बहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

दुर्घटनामा घाईते भएका चालक प्यूठान सरुमारानी गाउँपालिका–२ दर्भान निवासी २३ वर्षीय दशरथ विकलाई उपचारका लागि बुटवल रिफर गरिएको छ ।

दाङको भालुवाङबाट रोल्पाको सुलिचौरका लागि छुटेको जीप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । दुर्घटनामा घाईते अन्य ९ जनाको प्यूठान अस्पताल विजुवारमा उपचार भइरहेको छ ।

गाडीमा चढेका यात्रुका अनुसार ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडी सडकबाट ५० मिटर तल खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *