> समाज > रुकुम हत्याकाण्डको विरोधमा प्यूठानमा विरोध र्याली


रुकुम हत्याकाण्डको विरोधमा प्यूठानमा विरोध र्याली

प्यूठान, २० जेठ । संय्ुक्त राजनीतिक दलित संघर्ष समिति प्यूठानले रुकुम हत्या काण्ड विरुद्ध विरोध र्याली गरेको छ ।

मंगलवार विहान जुम्री देखी विजुवार सम्म छुवातछुत, विभेद र हत्याको विरोध र दोषीलाई कारर्वाहीको माग गरिएको प्लेकार्डका नारा सहित र्याली गरिएको हो ।

र्याली सहित विजुवार मित्रमणि चोकमा कोण सभा गरिएको छ । कोठ सभामा बोल्दै समितिका संयोजक गोपाल विश्कर्माले जातीयताको आधारमा भएको मानवीय नरसंहारको दोषीलाई अर्झ सम्मै कारवाही नभएकोमा निन्दा गर्नुभएको छ । कानुनमा समेत सबैखाले विभदको अन्त्य र विभदे रहित प्राप्त निदिष्ट अधिकार कुल्चने गरी भएको अमानविय गतिविधिबाट  ज्यान मार्नेलाई दोषीलाई तत्काल कार्वाहीको माग गर्नुभएको छ ।

दोषीलाई कार्वाहि नभए आगामी दिनमा अझ सशक्त आन्दोलनका कार्यक्रम ल्याउने समेत विश्वकर्माले बताउनु भएको छ । कोरोना भाइरसको विषम परिस्थितिमा व्यक्तिगत दुरी कायम गर्दे विरोध र्याली गरिएको समेत विश्वकर्माले बताउनु भएको छ ।

जेठ १० गते नवराज विक सहित ६ जनाको मृत्यु हुने गरी जातीय तथा मानवियता विरुद्धको नसंहार भएको थियो । अझै सम्म दोषीलाई कारवाही हुन सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!